सुर्खेतमा ठूलो परिमाणमा विष्फोटक पदार्थ फेला

Share:

सुर्खेत। सुर्खेतको चिंगाड गाउँपालिका–७ बडाकाँडाको जंगलमा ढुंगामुनि लुकाई राखेको अवस्थामा ठूलो परिणाममा विष्फोटक पदार्थ फेला पारेको छ । आइतबार विप्लव समूहको गतिविधि निगरानीका लागि गस्तीमा गएको प्रहरीले विष्फोटक पदार्थ फेला पारेको हो ।

बम बनाउन प्रयोग गरिने सकेट ७८ थान, गन्दक दुई किलो, सेफ्टी फ्युज आठ थान, डेटकड एक मिटर र ६० थान केप फेला परेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

जनयुद्दका क्रममा तत्कालिन विद्रोही माओवादीले लुकाएको हुनसक्ने प्रहरीको अनुमान छ ।

कमेन्ट गर्नुहोस्
Share: