बनेपा । काभ्रेको बनेपामा सिरिन्ज आक्रमण गर्न खोज्नेलाई कारबाही माग गर्दै स्थानीयले इलाका प्रहरी कार्यालय बनेपामा घेराउ गरेका छन्।आक्रोशित स्थानीयले ती व्यक्तिलाई कडा कारबाही माग गर्दै प्रहरी कार्यालयमा घेराउ र प्रदर्शन गरिरहेका छन्।
जिल्ला प्रहरी कार्यालय, काभ्रेले सिरिन्ज आक्रमण गराउन खोज्ने ती व्यक्तिलाई पक्राउ गरी अनुसन्धान थालिएको बताएको छ।आक्रमणको आरोप लागेका व्यक्तिको परिचय खुल्न बाँकी छ।