
बर्दिया । बर्दियाको गेरूवा गाउँपालिका वडा नं ६ को कार्यालयमा विप्लव समुहले आगजनी गरेको छ । हिजो (सोमबार) राति विप्लवसमुहका कार्यकर्ताले वडा कार्यालयमा आगजनी गरेको हो ।
वडाकार्यालयमा आगजनी भएको सुचना पाए लगत्तै प्रहरिकोे टोली घटना स्थल पुगेको थियो । आगो नियन्त्रण लिने क्रममा वडा कार्यालय रहेको घरको छत खसेपछि एक प्रहरी घाइते भएका छन् । घाइते हुनेमा नेपाल प्रहरीका प्रहरी निरिक्षक यम बहादुर मल्ल रहेका छन् ।
घाइते प्रहरी निरिक्षक मल्लको बांकेको नेपालगञ्जमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।
आगजनीका कारण वडा नं ६ का सम्पुर्ण कागजपत्र जलेर नष्ट भएको छ । घटनामा संलग्न कुनै नियन्त्रणमा आएका छैनन् । घटनाबारे थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।
