आज भानुजयन्ती, आचार्यको सम्मानमा गृह जिल्लामा ३ दिन दिपावली

Share:

पोखरा । आज असार २९ अर्थात् नेपाली भाषाका आदिकवि भानुभक्त आचार्यको जन्मजयन्ती । नेपाल तथा नेपाली रहेका विश्वभर विविध कार्यक्रम गरी आइतबार आचार्यको २०६औँ जन्मजयन्ती मनाइँँदै छ ।

भानु जयन्तीको अवसरमा आदीकवि आचार्यको गृह जिल्लामा बिशेष कार्यक्रमको आयोजना गरिएको छ । आदीकविको सम्मानमा भानु नगरपालिकाले आइतबार सार्वजनिक विदा नै घोषणा गरेर दिपावली गर्ने निर्णय गरेको छ ।

उनको जन्मस्थान चुँदी रम्घामा नगरपालिकाले शुक्रबार देखि आइतबारसम्म नगरपालिका भरि नै घर घरमा दियो बालेर दिपावली मनाउने निर्णय गरेको छ । नगरपालिकाको निर्णय अनुसार नै नगरबासीहरुले साँझमा घर बाहिर दियो बालेर झिलिमिली बनाएको हो।

शनिबार चुँदी रम्घामा कविता तथा रामायण बाचन कार्यक्रम समेत राखिएको थियो । भानुजयन्तीको अवसरमा दिने कार्यक्रम नै बनाएर शुक्रबार दिपावलीको सहित नेपालप्रहरी, जनपथ, नगरपालिकाका कर्मचारी र स्थानियहरुको सहभागितामा सरसफाई कार्यक्रम, शनिबार रामायण एवं कविता बाचन र आइतबार विशेष कार्यक्रम सहित प्रवचन प्रभातफेरी लगायतका कार्यक्रम रहेको छ ।

उनको सम्झनामा गृह जिल्लासँगै दार्जि्लिङ, सिक्किम लगायत नेपाली भाषी रहेका अधिकांश भारतीय क्षेत्र तथा विदेशमा समेत विभिन्न कार्यक्रमहरु हुने गरेका छन् । आदिकवि आचार्यको जन्म तनहुँको चुँदी रम्घामा २०५ वर्षअघि अर्थात् वि.सं.१८७१ असार २९ गते भएको थियो। धनञ्जय आचार्य र धर्मावती देवीका छोरा भानुभक्तको शिक्षादीक्षा बाजे श्रीकृष्ण आचार्यको रेखदेखमा भएको थियो।

आचार्यले ‘अध्यात्मरामायण’को भावानुवाद गरी नेपाली समाजमा मौलिक नेपालीभाषा, साहित्य, धर्म, दर्शन र राष्ट्रियताको वीजारोपण गरेका थिए । उनका ‘प्रश्नोत्तर’ ( १९१०), ‘भक्तमाला’ (१९१०) ‘वधूशिक्षा’ – १९१९), ‘रामगीता’(१९२५) तथा दर्जनौँ फुटकर रचना लगायत साहित्यिक कृति पनि प्रकाशित छन् । आचार्यले लेखेका पाण्डुलिपिलाई संग्रह गरेर मोतीरामभट्टले पुस्तकाकारमा प्रकाशन गरेर नेपाली जगतमा चिनाएका थिए ।जहाँ जुन प्रसंग आउँछ तत्काल कविता रच्न सक्ने क्षमता उनको थियो। उनको निधन १९२५ मा भएको थियो।

कमेन्ट गर्नुहोस्
Share: