लमजुङमा एकै परिवारका ४ जनाको हत्या

Share:

लमजुङ १५ असोज

crime1दसैँको फूलपातीको दिन लमजुङको भोटेओडार गाउँ विकास समिति वडा नम्बर ४ पिप्लेमा एकै परिवारका ४ जनाको हत्या भएको छ ।

बेसीशहर–डुम्रे सडक खण्डमा पर्ने भोटेओडारको अकलामन्दिर माथि पर्ने पिप्लेका ६० वर्षका अर्जुनप्रसाद रेग्मी, उहाँकी धर्म छोरी ३५ वर्षकी रीना घिमिरे, नाती बर्ष १२ को विकास घिमिरे र नातिनी १४ की ज्योति रेग्मीको हत्या भएको प्रहरीले जनाएको छ ।

घाँटीमा खुर्पा प्रहार गरि उनीहरुको हत्या गरेको अवस्था शव भेटिएको घटनास्थलमा पुगेका ईलाका प्रहरी कार्यालय भोटेओडारका प्रहरी निरीक्षक नारायण रञ्जितकारले जानकारी दिनुभयो ।

घटनाको अनुन्धानका लागि पोखरा क्षेत्रीय प्रहरी कार्यालयबाट विशेष अनुसन्धान टोली बोलाईएको छ र घटनाबारे थप अनुसन्धान भइरहेको छ । उनीहरुको राती हत्या गरेको हुन सक्ने आशंका प्रहरीको छ ।

कमेन्ट गर्नुहोस्
Share: