
अछाम । अछामको रामारोशन गाउँपालिका वडा नम्बर ५ तल्लोपाटनमा जंगली निउरो खाँदा दाजुबहिनीको मृत्यु भएको छ। स्थानिय ५ वर्षिया मनिषा बोहरा र ११ वर्षीय रमेश बोहराको जंगली निउरोको तरकारी खाँदा मृत्यु भएको हो ।
आइतबार अस्पताल ल्याउने तयारी गर्दै गर्दा मनिषाको घरमै र रमेशको न्याय हेल्थ बयलपाटा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ । मृतककी आमा नरपता बोहराको उपचार भइरहेको र अवस्था गम्भीर रहेको जनाइएको छ ।
उनीहरुले २७ गते बिहान निउरोको तरकारी खाएका थिए । त्यसपछि बान्ता हुने लगाएतको समस्या देखिएको थियो ।
कमेन्ट गर्नुहोस्
