कोहलीको कप्तानी धरापमा

Share:

काठमाडौं – बीसीसीआईका एक अधिकारीका अनुसार, विराट कोहलीलाई हराएर रोहित शर्मालाई एकदिवसीय र टी२० को नियमित कप्तान बनाउन सकिने सम्भावना छ । कोहली चाहिँ टेस्टका कप्तान बनिरहन सक्छन् ।

आईएएनएस समाचार संस्थासँग कुराकानी गर्दै एक अधिकारीले बताए, ‘टीमलाई झन् राम्रो बनाउन परिवर्तनको प्रक्रिया छिट्टै शुरू गरिनेछ । रोहित शर्माले एकदिवसीय टोलीको कप्तानी सम्हाल्ने बेला भयो अब । उनी यसका लागि मानसिक रूपमा तयार पनि छन् । यसका लागि अहिलेका कप्तान र टीम व्यवस्थापनले पनि समर्थन गर्नुपर्छ ।’

उनले कप्तान कोहली र उपकप्तान शर्माबीच विवाद रहेको भन्ने कुरा अफवाह मात्र भएको बताए । छिट्टै एउटा समीक्षा बैठक बस्ने पनि उनले बताए । त्यसमा प्रशिक्षक रवि शास्त्री, कप्तान विराट कोहली र चीफ सेलेक्टर एमएसके प्रसाद उपस्थित हुनेछन् ।

कमेन्ट गर्नुहोस्
Share: