भोलिदेखि इन्टरनेट शुल्क बढ्ने

2199
0
Share:

काठमाडौं । भोलि (साउन १) देखि लागू हुनेगरी सर्वसाधारणले तिर्ने इन्टरनेटको शुल्क बढेको छ । अब ग्राहकलाई इन्टरनेटको शुल्क १३ प्रतिशत महंगो हुने भएको छ।

गत वर्ष सरकार र इन्टरनेट सेवा प्रदायकले ग्राहकले तिर्नुपर्ने इन्टरनेट शुल्क नबढाउने सहमति गरे पनि इन्टरनेट सेवा प्रदायकले उक्त शुल्क सिधै ग्राहकबाटै उठाउने निर्णय गरेको हो ।

सरकारले दूरसञ्चार नियमावली संशोधन गरी दूरसञ्चार सेवा शुल्कको ५० प्रतिशत रकम कर छुट हुने व्यवस्था गरिदिने र ५० प्रतिशत दूरसञ्चार सेवा प्रदायकले ब्यहोर्ने सहमति भएको थियो ।

तर सरकारले दूरसञ्चार नियमावली संशोधन नगरेकाले आफूहरुलाई धेरै आर्थिक भार परेकाले ग्राहकहरुसँग उठाउने निर्णय गरेको इन्टरनेट सेवा प्रदायक संघका अध्यक्ष भोजराज भट्टको भनाइ छ ।

कमेन्ट गर्नुहोस्
Share: