विपी राजमार्गमा एक युवक मृत फेला

Share:

महोत्तरी । महोत्तरीको बर्दिवास नगरपालिका–३ गौरीडाँडाका श्रवण थापा सडकमै मृत फेला परेका छन्। विपी राजमार्ग (बर्दिवास–सिन्धुली–बनेपामार्ग)को बर्दिवास–३ गौरीडाँडाको स्मृतिपार्क नजिकै मङ्गलबार मध्यरातमा थापा मृत फेला परेका हुन्।

रात्रि नियमित गस्तीमा निस्केको प्रहरीले शव बरामद गरेको हो । घोप्टो परेको अवस्थामा मृत फेला परेका ३६ वर्षीय थापाको टाउको पछाडि चोट देखिएको छ । शव नजिकै थापाको प्रदेश–०२–००१ प ३०५४ नम्बरको स्कुटर ठिक अवस्थामा र हेलमेट भने फुटेको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

प्रहरीले शव बर्दिवास–१४ स्थित शुभस्वस्तिक अस्पताल पु¥याएकोमा चिकित्सकले मृत घोषणा गरेपछि शव परीक्षणका लागि जनकपुर अञ्चल अस्पताल पठाइएको छ ।

प्रहरीको प्रारम्भिक अनुमान अनुसार घटना सडक दुघर्टना वा नियोजित नै पनि हुनसक्ने बताइएको छ । घटनाबारे सुक्ष्म अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
Share: