
इस्लामावाद । पाकिस्तानका पूर्वप्रधानमन्त्री शाहिद खाकान अब्बासी पक्राउ परेका छन् । राष्ट्रिय जवाबदेही ब्यूरो (एनएबी) ले ‘लिक्विफाइड नेचुरल ग्यास’ (एलएनजी) को आयात ठेक्का मामिलामा अब्बासीलाई पक्राउ गरेको हो । एनएबीले ठेक्कापट्टामा अर्बौं रुपैयाँ भ्रष्टाचार भएको दाबी गरेको छ ।
भ्रष्टाचार गरेको प्रमणित भएपछि नवाज शरीफले प्रधानमन्त्री पद त्याग्नु परेको थियो । त्यसपछि अब्बासीले शासन सत्ता सम्हालेका थिए । उनी १ अगस्ट २०१७ देखि ३१ मे २०१८ सम्म प्रधानमन्त्री रहेका थिए ।
कमेन्ट गर्नुहोस्
