
पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले गुरुङह महिलाहरु अब समयसँगै परिवर्तन हुन जरुरी रहेको बताएका छन् । तेस्रो हिरो मिसेस गुरुङ प्रतियोगितालाई पोखरा सभागृहमा सम्बोधन गर्दै उनले सबै जातिले पढने तर गुरुङहरु कम पढने तथा विषय वस्तुहरुमा गहन अध्ययन नगर्नले पछि परेको भन्दै अध्ययनले नै मान्छेलाई योग्य बनाउने बताए ।
सुन्दरी प्रतियोगिताहरुले धेरै कुरा सिकाउने समाजमा नयाँनयाँ प्रतिभाहरुलाई जन्माउदै लाने राम्रो पक्ष भएता पनि अध्ययनको कमीले गर्दा कतिपय प्रतिभाहरु पूmल्न नपाइ त्यसै झर्ने बताए । “सबै जनताले पृथ्वीसुब्बाले जस्तै राजनीति गर म भन्दिन तर राजनीति सबैले बुझ किनभने सबै भन्दा ठूलो शक्ति यदि कहि छ भने त्यो राजनीति हो यसबाट मात्रै सब कुरा संभव छ” उनले भने ।
जनताले पाँच वर्षसम्म काम गर्नका लागि आफूलाई मुख्यमन्त्री बनाएको भन्दै आफनो योजना सफल पार्न र काम गर्न जनताले पनि सहयोग गर्नुपर्ने उनको भनाई छ । अबको गुरुङ युवाहरुले आफू पनि मुख्यमन्त्री बन्छु, देशकै प्रधानमन्त्री बन्छु भन्ने सपना देख्नुपर्ने बताए । अहिलेसम्म कुनै गुरुङ महिला कुनै मन्त्रायलयको सचिव तथा कुनै बैंकको सिओ नबनेको भन्दै त्यो सबै अध्ययनमा कम रुचि भएका कारण पछि परेको पनि उनले बताए ।
अहिले हाम्रो भाषा संस्कृति अन्तर्राष्ट्रिय करण हुँदै गएको भन्दै बेलैमा यसको संरक्षण नगरे पछि आफनै मुलुकमा पनि भाषा संस्कृति विनाको मान्छे जस्तो र शरणार्थी जस्तो मान्छे जस्तो भएर बाँच्नुपर्ने दिन आउने उनँले बताए ।

