दिगो विकासका लागि सामाजिक सुरक्षा आवश्यकः अर्थमन्त्री

Share:

काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले दिगो विकासका लागि सामाजिक सुरक्षा आवश्यक रहेको बताएका छन् ।

नेपाल सरकार तथा जर्मन सहयोग नियोगको संयुक्त आयोजनमा आज काठमाडौंमा भएको कार्यक्रममा मन्त्री खतिवडाले समाजलाई उत्पादनशील क्षेत्रमा अघि बढाउन पनि सामाजिक सुरक्षा आवश्यक भएको बताएका हुन् ।

सामाजिक सुरक्षाका लागि बजारमुखी अवधारणको विकास गर्न आवाश्यक रहेको उनको भनाइ थियो । अर्थमन्त्री डा. खतिवडाले दिगो विकासको अवधारणाअनुरुप नै सरकारले सामाजिक सुरक्षा कोष स्थापना गरेको र ज्येष्ठ नागरिकलाई भत्तासमेत दिएको बताए ।

सामाजिक न्यायसहितको आर्थिक विकास गर्न नेपालको संविधानमा मौलिक हकमा समेत सामाजिक सुरक्षालाई समावेश गरिएको उनको भनाई थियो ।उनले सरकारले स्वास्थ्य बिमा कार्यक्रम पनि ल्याएको र यो योजनालाई पनि सामाजिक सुरक्षामा समावेश गरिएको बताए ।

कमेन्ट गर्नुहोस्
Share: