
बेइजिङ– चीनले आगामी सन् २०२० भित्र देशभर २९ हजार फुटबल मैदान बनाउने योजना सार्वजनिक गरेको छ । चिनियाँ शिक्षा मन्त्रालयका एक जना वरिष्ट अधिकारी वाङ डेङफेङले चीनमा अझै पनि फुटबल मैदानको संख्या सानो रहेकाले त्यसलाई विस्तार गर्न लागिएको बताए ।
गत वर्ष सेप्टेम्बरसम्ममा देशभर करीब एक लाख २० हजार फुटबल मैदान थिए । सन् २०१५ देखि २०१८ सम्म मुलुकभरका स्कुलमा करीब ३२ हजार फुटबल मैदान निर्माण र स्तरोन्नति गरिएको पनि वाङले बताए ।
सन् २०१५ मा चिनियाँ फुटबल संघका साथै शिक्षा, खेलकुद र अर्थ प्रशासनबीच निर्माण भएको संयुक्त कार्यदलले देशका फुटबल मैदानको स्तरोन्नति गर्ने र नयाँ फुटबल मैदान बनाउने निर्णय गरेको थियो ।
कमेन्ट गर्नुहोस्
