शिल्पा र छविविरुद्ध बहुविवाहमा पक्राउ पुर्जी जारी

Share:

काठमाडौं: अदालतले नायिका शिल्पा पोखरेल र चलचित्र निर्माता छविराज ओझाविरुद्ध बुधबार पक्राउ पुर्जी जारी गरेको छ। काठमाडौं प्रहरी परिसरमा बहुबिवाहको जाहेरी दर्ता भएपछि काठमाडौं जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेको हो। अब प्रहरीले पक्राउ गरी आवश्यक अनुसन्धान अगाडि बढाउने काठमाडौँ प्रहरी प्रवक्ता होबिन्द्र बोगटीले जानकारी गराएका हुन्।

छविकी जेठी श्रीमतीले बहुविवाहको मुद्धा दर्ता गराएकी हुन्। छविकी चौथो पत्नी हुन् शिल्पा। तीन वर्षअघिदेखि सँगै रहेका छवि र शिल्पाले केही महिना अघि विवाह दर्ता गरेका थिए।

केही साता अघि आफूलाई छविले घरेलु हिंसा गरेको भन्दै शिल्पा प्रहरीमा उजुरी गर्न पुगेपछि यो जोडी विवादमा आएको थियो। प्रहरीमा मिलापत्र भएपनि शिल्पाले सम्बन्ध विच्छेदको प्रकृया बढाएकी थिइन्।

कमेन्ट गर्नुहोस्
Share: