
गोरखा – गोरखामा ओडारमा लुकाएर राखेकाे अवस्थामा १६ किलो सुन फेला परेको छ । गोरखा जिल्लाको धार्चे गाउँपालिकाअन्तर्गत खोर्लाबेसीमा ओडारमा लुकाएको अवस्थामा सुन फेला परेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।
मनास्लु पदमार्गअन्तर्गत पर्ने ओडारभित्र लुकाइराखेको अवस्थामा १६ किलो सुन फेला परेको प्रहरीले जनाएको छ । तिब्बतबाट ल्याएको सुन ओडारमा लुकाएको भन्दै प्रहरीले १ जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा धनकमल गुरुङ छन् । उनी २७ दिन अगाडिदेखि गाउँमा देखिएका थिएनन् । स्थानीयले प्रहरीलाई दिएको सूचनाका अनुसार उनले तिब्बतबाट खच्चडमा १६ किलो सुन ल्याएर आएका थिए ।
आफूले ल्याएको सुन लुटिने आशंकामा उनले ओडारमा लुकाएको हुन सक्ने प्रहरीको भनाइ छ । प्रहरीले पक्राउ परेका गुरुङमाथि थप अनुसन्धान भइरहेको जनाएको छ ।
