७४ हजार घुससहित खरिदार पक्राउ

Share:

काठमाडौं : घरेलु तथा साना उद्योग विकास समितिको कार्यालय दोलखाका खरिदार पुष्कर अधिकारी ७३ हजार ९५० रुपैयाँ घुससहित पक्राउ परेका छन्। होटल व्यवसाय दर्ता गरिदिन भन्दै घुस मागेको सूचनाको आधारमा जिल्ला प्रशासन कार्यालय दोलखाको टोलीले अधिकारीलाई सेवाग्राहीलाई ४ हजार घुससहित रंगेहात समातेको थियो।

प्रशासनको टोलीले अन्य सेवाग्राहीबाट घुस लिएको रकमसमेत उनको क्वार्टरबाट बरामद गरेको छ। रंगेहात बरामद ४ हजार र कोठाबाट बरामदसहित ७३ हजार नौ सय ५० रुपैयाँसहित अधिकारीलाईप्रशासनले अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा बुझाएको छ।

अधिकारीलाई अहिले हिरासतमा राखेर अख्तियारले अनुसन्धान बढाइरहेको प्रवक्ता प्रदीपकुमार कोइरालाले बताए। यसअघि बुधबार साँझ अख्तियारले दुईजना प्रहरी नायव निरीक्षकलाई काठमाडौंको गौशालाबाट पक्राउ गरेको थियो।

कमेन्ट गर्नुहोस्
Share: