लमजुङको मर्स्याङ्दी नदी किनारमा जिप खस्यो, चालकको मृत्यु

Share:

लमजुङ । लमजुङमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । जिल्लाको मर्स्याङ्दी गाउँपालिका–४, च्याम्चेमा दुर्घटना हुँदा चालकको मृत्यु भएको हो । मृत्यु हुनेमा दमौलीका धनबहादुर आचार्य रहेका छन् ।

लमजुङ–मनाङ सिमाना म्यार्दीखोलाबाट जगततर्फ आउँदै गरेको ग १ ज ६७८६ नम्बरको बोलेरो जिप बुधबार राति मर्स्याङ्दी नदी किनारमा खसेको थियो। जिपमा चालकमात्रै सवार रहेको प्रहरीको प्रारम्भिक अनुसन्धानमा खुलेको छ ।

जीप सडकबाट भण्डै २ सय मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय लमजुङका डीएसपी प्रमुख रवीन्द्रमान गुरुङले बिगखबरलाई जानकारी दिए ।

बिहीबार बिहान सोही ठाउँमा मनाङतर्फ जाँदै गरेको ट्रक हिलोमा फसेपछि धकेल्नेक्रममा मर्स्याङ्दी किनारमा जिप देखिएको थियो । सपछि मात्र जिप दुर्घटना भएको थाहा भएको हो । अहिले प्रहरी टोलि घटनास्थल पुगेको छ  ।

कमेन्ट गर्नुहोस्
Share: