
काठमाडौं- नेपाल दूरसञ्चार प्राधिकरणले विदेशका अपरिचित नम्बरहरूबाट नेपालको मोबाइल/टेलिफोनमा बारम्बार आइरहने मिस्ड कलप्रति ध्यानाकर्षण भएको जनाएको छ ।
प्राधिकरणले एक सूचना जारी गर्दै बारम्बार आउने मिस्डकलप्रति आफूहरूको ध्यानाकर्षण भएको जनाएको हो ।
‘विदेशका अपरिचित नम्बरहरूबाट नेपालको मोबाइल/टेलिफोन नम्बरहरूमा बारम्बार Missed Call आउने गरेको देखिएको छ । यसबाट सेवाग्राहीहरुलाई पुग्न गएको असुविधाप्रति प्राधिकरणको ध्यानाकर्षण भएको छ,’ प्राधिकरणद्वारा जारी सूचनामा भनिएको छ ।
प्राधिकरणले अपरिचित विदेशका नम्बरहरूबाट नेपालका नम्बरहरूमा कल आएको खण्डमा त्यस्ता कलहरू नउठाउन पनि आग्रह गरेको छ ।
कमेन्ट गर्नुहोस्

