तिहारमा विग एफएमले ‘तिहारको खेल, मज्जाको खेल’ खेलाउने

Share:

रेम बिक /पोखरा, २८ असोज । तिहारको अवसर पारेर पश्चिमाञ्चलकै नम्बर वान एफएम विग एफएमले रेडियो गेम शो ‘तिहारको खेल मज्जाको खेल’ खेलाउने भएको छ । तिहारलाई स्रोताहरुसंगै मनाउने र स्रोताहरुलाई मनोरञ्जनसँगै पैसा समेत जिताउने उद्देश्यले एफएमले कार्यक्रम गर्न लागेको हो । रेडियो गेम शो कात्तिक ५ गते कुकुर तिहारदेखि ७ गते गोबद्र्धन पुजासम्म चल्नेछ ।

new-tihar-facebook-660x330

पोखरा थर्ड आई रिसर्च सेन्टर प्रालिले यो पटकको ‘तिहारको खेल मज्जाको खेल’लाई मुख्य प्रायोजन गरेको छ । एफएमले दिएको जानकारी अनुसार खेल खेलेर स्रोताहरुले २५ हजार रुपैँयासम्म जित्न सक्नेछन् । ‘तिहारमा जुवा खेलेर पैसा र समय बर्बाद गर्ने प्रचलन छ, जहाँ धेरैजनाले हार व्यहोर्छन् ।’ एफएमका कार्यक्रम संयोजक संजोग बस्यालले भने–‘तर हामीले खेलाईने खेलमा स्रोताहरुलाई जित मात्रै हासिल हुनेछ, त्यसका लागि उहाँहरुले एसएमएस गरे पुग्छ ।’

एसएमएस गरि आफुलाई दर्ता गर्नका लागि स्रोताहरुले आफ्नो मोबाईलको मेसेज बक्समा गई द्यक्ष्न् टाईप गरेर एक स्पेस दिई ँः लेखि ४३२१ मा पठाउनुपर्नेछ । एफएमले एसएमएसहरुमध्ये लक्की ड्र गरि स्रोताहरुलाई फोन गरेर ‘तिहारको खेल मज्जाको खेल’ खेलाउनेछ । १५ वटा लक्की नम्बर मध्ये स्रोताले रोजेको अन्तिम लक्की नम्बरले २५ हजार रुपैँया सम्म जिताउन सक्ने एफएमले जनाएको छ ।

पोखरा थर्ड आई रिसर्च सेन्टर प्रालिले विग एफएमको माध्यमबाट स्रोताहरुसंग तिहारको मज्जाको खेल खेल्नका लागि आफुहरुले रेडियो गेम शोमा प्रायोजन गरेको जनाएको छ । ‘स्टडी एब्रोड’का लागि काम गर्दै आएको संस्थाले रेडियो गेम शोमा सहभागि हुने स्रोताहरुलाई विदेश अध्ययनका लागि विशेष सहयोग उपलब्ध गराउने जनाएको छ । पोखरा थर्ड आई रिसर्च सेन्टरले नर्वे, फिनल्यान्ड, जर्मनी, जापान, अष्ट्रेलिया, यूके, अमेरिका लगाएतका मुलुकमा उच्च शिक्षा अध्ययन गर्न जाने विद्यार्थीहरुको लागि काउन्सिलिङ गर्दै आएको छ ।

यसअघि विग एफएमले दशैँको अवसर पारेर ‘महा–आजिजा’ खेलाएको थियो । विभिन्न ईभेन्टमार्फत पश्चिमाञ्चलमै नम्बर वान बन्न सफल एफएमले वर्षेनी ‘विग आईकन’ नामक गायन रियालिटि शो समेत गर्दै आएको छ ।

कमेन्ट गर्नुहोस्
Share: