
नाइजेरिया । नाइजेरियाको आतंकवादी संगठन बोको हरामका बन्दुकधारीहरुले बोर्नो राज्यमा २३ जनाको हत्या गरेका छन् । अन्तिम संस्कार सकेर फर्किरहेका २३ जनाको हत्या गरिएको हाे ।
घटनास्थलबाट २३ जनाको शव प्राप्त भएको छ । बोको हरामका बन्दुकधारी समूहले पटक– पटक नागनजाई जिल्लामा आक्रमण गर्दै आइरहेका छन् । गएको सेप्टेम्बर महिनामा पनि स्थानीयले आफ्ना घरपालुवा जनावर दिन नमानेका कारण आठ जनाको हत्या गरेका थिए ।
बोको हराम र उसको इस्लामिक स्टेट अफ् इराक र लेवन्त समर्थित आईएसडब्ल्यूएपी स्प्लिन्टरले बितेका केही महिनामा नागरिक र सैन्य शिविरमा आक्रमण बढाएको छ ।
कमेन्ट गर्नुहोस्
