कक्षा १२ को नतिजा आज,नतिजा कसरी हेर्ने ?

Share:

पोखरा । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ (एसएलसीई) को नतिजा आज (सोमबार) प्रकाशन गर्ने भएको छ। बोर्डले सबै विषयको नतिजा आजै प्रकाशन गर्ने तयारी गरेको हो।

माध्यमिक शिक्षा उत्तीर्ण परीक्षा, कक्षा १२ (एसएलसिई) को नतिजा साँझसम्म आइसक्ने परीक्षा बोर्डले जनाएको छ।
नतिजा प्रकाशनका लागि सोमबार साँझ पाँच बजे बोर्ड बैठक बोलाइएको छ। प्राविधिकसहितको उपस्थितिमा आइतबार नतिजाको सुद्धता परीक्षण गरिएको थियो।परीक्षामा ४ लाख २८ हजार ५२ जना विद्यार्थी सहभागी भएका छन्।

विगतमा विज्ञान विषयको नतिजा सुरुमा प्रकाशन गर्ने गरिएको थियो। तर, यस वर्ष सबै विषयको नतिजा एकैपटक प्रकाशन गर्ने तयारी भएको बोर्डले जनाएको छ।

नतिजा कसरी हेर्ने ?

नतिजा प्रकाशन भैसकेपछी ईन्टरनेट वा मोबाईल एसएमएसमा नतिजा हेर्न सकिन्छ । ईन्टरनेटमा नेपाल टेलिकमको वेबसाईट neb.ntc.net.np मा गएर आफ्नो सिम्बोल नम्बर र जन्ममिति राखि नतिजा हेर्न सकिन्छ भने मोबाईल एसएमएस बाट NEB लेखेर एउटा स्पेस दिइ आफ्नो सिम्बोल नम्बर लेखेर ३१००३ मा SMS पठाएर पनि आफ्नो नतिजा हेर्न सकिन्छ ।

उदाहरणको लागि: तपाईंको सिम्बोल नम्बर 12345678 हो भने NEB 12345678 लेखेर ३१००३ मा पठाई आफ्नो सबै बिषयगत नतिजा हेर्न सकिन्छ ।

कमेन्ट गर्नुहोस्
Share: