
पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले देशको कर्मचारीतन्त्रको कार्यशैली बदलिन आवश्यक रहेको बताएका छन ।
देशको शासन व्यवस्था र शैली बदलिए पनि कर्मचारीतन्त्र अझै पुरानै ढाचामा चलिरहेको भन्दै यसलाई सरकारले नतिजा दिन नसक्नुको कारकको रुपमा व्याख्या गरेका छन ।
भुमि व्यवास्था, कृषि तथा सहकारी मन्त्रालय अन्र्तगत सहकारी राजिष्टारको कार्यलायको पोखरामा उदघाटन गर्दै मुख्यमन्त्री गुरुङले पार्टीगत ट्रेड युनियन खारेज गर्ने समय आएको समेत बताए ।
विगतमा राजतन्त्र र पुरानो व्यवस्था ढाल्नलाई राजनितिक दलहरुले युनियन प्रयोग गरेको दृष्टान्त दिदै मुख्यमन्त्री गुरुङले कर्मचारीतन्त्र स्थायी संरचनामा चल्न नसक्दा नै सरकारको काम प्रभावकारी हुन नसकेको जिकिर गरे ।
‘सरकार बदलिने वित्तिकै ट्रेड युनियनको पावर बदलिन्छ, युनियन बदलिने वित्तिकै त्यही युनियनको प्रभावमा कर्मचारीतन्त्र चलेको हुन्छ,’ मुख्यमन्त्री गुरुङले भने । कर्मचारीले आजको दिनमा पनि नतिजा भन्दा प्रक्रियामा ध्यान दिइरहेको जानकारी दिए ।
उनले अब झन्झटिलो व्यवस्थाहरु परिवर्तन गर्नु आवश्यक रहेको उल्लेख गरे।
