
काठमाडौं । नेत्र विक्रम चन्द विप्लव निकट नेकपाका कार्यकताले नुवाकोट, सिन्धुपाल्चोक, रौतहट लगायतका वडा कार्यालयमा बम विस्फोट तथा आगजनी गरेका छन् ।
नुवाकोटको ककनी गाउँपालिका वडा नम्बर १ को वडा कार्यालयमा गएराति बम विस्फोट भएको छ । विस्फोटबाट वडा कार्यालयका महत्त्वपूर्ण उपकरण तथाका गजपत्र जलेका नष्ट भएका छन् ।
त्यस्तै, सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका वडा नम्बर १० को बडा कार्यालयमा पनि बम विस्फोट भएको छ । त्यहाँपनि पूर्ण रुपमा वडा कार्यालय ध्वस्तभएको बताइएको छ । कार्यालयका सम्पूर्ण सामाग्री सहित कम्युटरका जलेर नस्ट भएको प्रहरीले जनाएको छ ।
त्यसैगरी, रौतहटको एक वडा कार्यालयमापनिआगजनीभएको छ । चन्दपुर नगरपालिकाको गैंडाटारमा रहेको वडा कार्यालयमागएराति १ बजे आगजनी गरेको हो ।
मकवानपुरका चार ठाउँमा बम, दुई गाडीमा आगजनी
मकवानपुर जिल्लामा नेत्र विक्रम चन्द विप्लव निकट नेकपाका कार्यकताले ४ स्थानमा बम राखेका छन्। जिल्ला प्रहरी प्रमुख प्रहरी उपरिक्षक मुकेश कुमार सिंहले जिल्लाका विभिन्न चार स्थानमा बम भेटिएको बताए। मकवानपुरको हेटौंडा उपमहानगरपालिकाको क्विक ट्वान्टी पार्टी प्यालेस अगाडी, हेटौंडा १ स्थित चौकिटोलको सडक खण्डमा, हेटौंडा ११ थाना र्भयाङमा र हेटौंडा ४ पारिजातमा बम भेटेको हो ।
सबै बम सेनाले डिस्पोज गरेको छ। पारिजात पथमा भेटिएको प्रेसर कुकुर बम शक्तिशाली भएकोले उक्त क्षेत्रका विद्युत बिहानदेखि काटेर वरिपरि घरका मानिसहरुलाई हटाइएको थियो। सेनाले उक्त बम डिस्पोज गर्दा ठुलो आवाज आएको थियो ।
यस्तै विप्लव नेतृत्वको समूहले गए राति नै मकवानपुरका दुई स्थानमा गाडी जलाएका छन् । मकवानपुर र काठमाडौंंको सिमानामा पर्ने हुमाने भञ्जयाङमा बा१४च ८२३४ नंको कार र मकवानपुरको मनहरी ज्यामिरे खरङ्गामा बा५ख १७३९ नंको ट्रकमा आगजनी गरेको प्रहरीले जनाएको हो । मकवानपुरमा अहिले सुरक्षा अवस्था कडा पािरएको छ। अहिले हेटौंडामा व्यपाक प्रहरी परिचालन गरेको छ । प्रहरीका अनुसार आज सबै सरकारी कार्यालयहरु खोलिने र सुरक्षा कडा बनाइने बताएका छन्।
