पर्यटनमन्त्री योगेश भट्टराईले लिए सपथ

Share:

काठमाडौं । नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उडययनमन्त्री योगेश भट्टराईले सपथ लिएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले सत्तारुढ नेकपाका स्थायी कमिटी सदस्य भट्टराईलाई पर्यटनमन्त्री नियुक्त गरेका थिए ।

भट्टराईले राष्ट्रपति विद्यादेवी भण्डारीसामू पद तथा गोपनियताको सपथ लिएका हुन् ।

गत फागुन १५ गते मन्त्री रवीन्द्र अधिकारीको ताप्लेजुङमा हेलिकोप्टर दुर्घटनामा निधन भएपछि संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय रिक्त रहेको थियो ।

ताप्लेजुङबाट प्रतिनिधिसभामा निर्वाचित भएका भट्टराई पहिलोपटक मन्त्री नियुक्त भएका हुन् ।

तत्कालीन पर्यटनमन्त्री अधिकारीको निधन भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले नै मन्त्रालय सम्हाल्दै आएका थिए ।

कमेन्ट गर्नुहोस्
Share: