
पोखरा । पोखरा महानगरपालिका-२८ माझठानामा रहेको एनसेल टावरमा आगजनी भएको छ। आगजनीका कारण टावरमा सामान्य क्षति पुगेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
रातको समयमा आगजनी भएको बताइएपनि समय भने यकिन भएको छैन । कास्की प्रहरीका प्रवक्ता तथा डीएसपी राजकुमार केसीका अनुसार आगजनी गर्नेहरुको पहिचान हुन सकेको छैन। तर, उनीहरु प्रतिबन्धित नेत्र विक्रम चन्द विप्लव समूहका कार्यकर्ता भएको हुनसक्ने आशंका गरिएको छ ।
देशभरका विभिन्न जिल्लाका दुर संचार प्रदायक संस्थाको टावरमा आक्रमण भएको छ । क्षति पु¥याएको मध्ये अधिकांश स्थानका एनसेल टावरमा आक्रमण भएको छ । अर्घाखाँचीमा भने नेपाल टेलिकमको टावरमा आगजनी भएको छ ।
File Photo
कमेन्ट गर्नुहोस्
