कपिलवस्तुमा समाजवादी पार्टीका नेतामाथि गोली प्रहार

400
0
Share:

कपिलवस्तु– सत्ता साझेदार दल समाजवादी पार्टी नेपालका स्थानीय नेतामाथि कपिलवस्तुमा गोली प्रहार भएको छ । समाजवादी पार्टीको सुद्धोधन गाउँपालिका अध्यक्ष रामनयन यादवमाथि आज्ञात व्यक्तिले गोली प्रहार गरेका हुन् ।

जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका अनुसार कपिलवस्तुको लवनीबाड पकडीतर्फ जाँदै गरेका यादवमाथि मोटरसाइकलमा आएका व्यक्तिले गोली प्रहार गरेका हुन् ।

प्रहरीका अनुसार नेता यादवको पाखुरामा गोली लागेको छ । गोली लागेर घाइते भएका यादवको तौलिहवास्थित जिल्ला अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । उनको अवस्था अहिले सामान्य रहेको छ ।

प्रहरीले गोली प्रहार गर्ने व्यक्तिको खोजी कार्य जारी रहेको जनाएको छ ।

कमेन्ट गर्नुहोस्
Share: