वडा कार्यालयमा सिलिण्डर बम विस्फोट

199
0
Share:

रामेछाप। खाँडादेवी गाउँपालिका –३ भिरपानीको वडा कार्यालयमा शुक्रबार राति नेत्रविक्रम चन्द नेतृत्वको नेकपाका कार्यकर्ताले सिलिण्डर बम विस्फोट गराएका छन् । विप्लव नेतृत्वको नेकपाका कार्यकर्ताहरुले वडा कार्यालयको भवनमा गाडीको पुरानो टायरको बिचमा भरेको सिलिण्डर ग्यास राखेर आगो लगाएका जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएकाे छ ।

विस्फोटपछि वडा कार्यालयको कम्प्युटर, कागजात लगायतका सामानहरु पूर्णरुपमा नष्ट भएको छ ।

कमेन्ट गर्नुहोस्
Share: