ट्रकको ठक्करबाट एकको मृत्यु

264
0
Share:

वीरगञ्ज – वीरगञ्जमा ट्रकको ठक्करबाट एक युवकको घटनास्थलमै ज्यान गएको छ। वीरगञ्ज महानगरपालिका वडा नम्बर २४ रामगढवा टोलका ३५ वर्षीय मोटरसाइकल चालक पर्शुराम पटेलको ज्यान गएको प्रहरीले जनाएको छ ।

वीरगञ्जबाट काठमाण्डौँतर्फ जाँदै गरेको ना ६ ख ४२७७ नम्बरको ट्रकले ना२प २४३० नम्बरको मोटरसाइकलाई ठक्कर दिँदा चालक पटेलको घटनास्थलमै ज्यान गएको हो ।

दुर्घटना लगत्तै फरार रहेका ट्रक चालककाे खोजी भइरहेको प्रहरीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
Share: