पर्यटन बसपर्कको बिबाद तत्कालको लागि मिल्यो, तीन महिनापछि पर्यटक बसहरु बसपार्कबाट छुटे

Share:

पोखरा ३० असोज । झण्डै तीन महिनापछि आजबाट पर्यटकबसहरु पोखराको पर्यटन बसपार्क भित्रबाट छुटेका छन् । पर्यटन बसपार्क प्रयोगको बिषयमा ब्यबशायी र पोखरा उपत्यका नगरबिकास समिति बिचको बिबाद तत्कालको लागि अन्त्य भएपछि आज बिहानैबाट बसपार्क भित्रैबाट बसहरु छुटेका छन् ।

गत असारको पहिलो हप्तादेखिनै पर्यटन बसपार्कको बाहिरी सडकबाट यात्रु चढाउने र ओराल्ने गरेकोमा सहमति पछि बसपार्क भित्रबाट सेवा सुरु गरिएको पोखरा पर्यटन परिषद्का अध्यक्ष सूर्य बहादुर भूजेलले जानकारी दिए ।

पोखरा उपत्यका नगरबिकास समितिले पोखरा सेन्टर लिजिङ कम्पनीलाई बसपार्क ब्यबस्थापनको जिम्मा दिएपछि असन्तुष्टी प्रकट गर्दै ब्यबशायीले सडकबाटै सेवा दिईरहेका थिए । बस छुट्ने र आउने समयमा बसपार्क भित्र रित्तै हुने र बाहिरी सडकमा जाम हुने गरेको थियो । बुधवार बश्चिमाञ्चल क्षेत्रिय प्रशासक दिनेश कुमार थपलिया, पोखरा उद्योग बाणिज्य संघ र नेपाल पर्यटन बोर्डका पूर्ब सदस्य बासु त्रिपाठीको रोहबरमा सहमति भएपछि बसपार्क प्रयोगमा ब्यबशायी सकारात्मक भएका हुन् ।

भूजेलका अनुसार अब पोखरा पर्यटन परिषद् र पोखरा सेन्टर लिजिङले संयुक्त रुपमा बसपार्कको ब्यबस्थापन गर्नुपर्नेछ । ब्यबस्थापनमा सहमति भएपनि कसको जिम्मेवारी के हुने भन्नेमा अझै अन्यालता छ ।

गत असार दुई गते पोखरा उपत्यका नगरबिकास समितिका सदस्य सचिब तिलकराम अधिकारी र पोखरा सेन्टर लिजिङ कम्पनी प्रालिका तर्फबाट प्रोपाईटर मिलन अधिकारीले सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए । पोखरा सेन्टर लिजिङसँग मासिक ५० हजार रुपैया तिर्ने सम्झौता भएको नगरबिकास समितिले जनाएको छ । लिजिङ कम्पनीले १८ रोपनी क्षेत्रफलमा बसपार्कसँगै अन्य काम समेत गर्ने उल्लेख गरिएको छ ।

कमेन्ट गर्नुहोस्
Share: