जनावर धपाउन हानेको गोली लागेर एक जनाको मृत्यु

303
0
Share:

डोटी । डोटीको आदर्श गाउँपालिका–५ तल्लो डाँडाँवनमा गोली लागेर एक जनाको मृत्यु भएको छ । स्थानिय ५० वर्षीय जंगे भुलले जनावर धपाउन हानेको गोली लागेर सोही ठाउँका १९ वर्षीय तपेश लुहारको मृत्यु भएको हो ।

शनिबार राति करिब १०ः४५ बजेको समयमा सलामी डाँडाँवनमा जंगली जनावर धपाउन जंगे भुलले प्रहार गरेको भरुवा बन्दुकको गोली तपेश लुहारको टाउकोमा लागेको थियो ।

गोली प्रहार गर्ने जंगे भुल र उनले प्रयोग गरेको बन्दुक प्रहरीले नियन्त्रणमा लिएको छ । थप अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
Share: