
वीरगन्ज। लागू औषध तस्करी गर्ने एक भारतीय युवा पक्राउ परेका छन् । फिल्मी शैलीमा लागुऔषध तस्करी गर्ने क्रममा भारतीय राज्य विहारअन्तर्गतको थाना गौनाहा भितिअर्वा ग्राम पञ्चायत–५ का २० वर्षीय महन्थ राम पक्राउ परेका हुन् । प्रहरी चौकी ईनर्वा पर्साबाट खटिएको टोलीले उनलाई वीरगन्ज महानगरपालिका–१६ रजतजयन्ती चोकबाट पक्राउ हाे ।
झोलालगायतका केही सामान नदेखेपछि प्रहरीले उनकाे शरीर चेकजाँच गर्दा उनको साथबाट इन्जेक्सन नुर्फिम १०० पिस, फेनार्गन १०० पिस र डाईजेल्याब १०० पिस बरामद भएको हाे । अहिले प्रहरीले उनकाे बारेमा थप अनुसन्धान गरिरहेकाे छ ।
कमेन्ट गर्नुहोस्
