राजेन्द्र महतोले संसदमा कृष्णबहादुर महरा ‘महाडकैत’ भनेपछि …(अडियो)

1039
0
Share:

काठमाडौं । राष्ट्रिय जनता पार्टीका सांसद राजेन्द्र महतोले सरकारले आफ्नो मानहानी गरेको भन्दै माफी माग्न माग गरेका छन् । सोमबार संसदलाई सम्बोधन गर्दै उनले भ्रमको खेती नगर्न सरकारलाई चेतावनी दिए ।

आइतबार मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दा सञ्चारमन्त्री गोकुल बास्कोटाले ८ जनाको नागरिकता खारेज भएको भनी जानकारी दिएका थिए । नागरिकता खारेज हुनेमध्ये एक राजेन्द्र महतो नाम गरेका व्यक्ति पनि थिए ।

यसलाई लिएर आफ्नो नागरिकता खारेज भयो भनेर झुटो प्रचार भएको भन्दै सांसद महतोले आपत्ति जनाए । संवेदनशील विषयमा निर्णय सार्वजनिक गर्दा सरकारले पूरा सूचना नदिएको भन्दै उनले भने, ‘कुन राजेन्द्र महतो हो ? राजेन्द्र महतो नाम गरेको व्यक्ति त हजारौं छ ।’

सांसद महतोले यदि कृष्णबहादुर महरा महाडकैत भएको र उनलाई आजीवन कारावास सजाय मात्र भनियो भने के हुन्छ भन्ने प्रश्न गरे । यो घटनामा आफ्नो मानहानी भएको भन्दै माफी माग्न सरकारसँग माग गरे ।

महतोको अभिव्यक्ति संसदको रेकर्डबाट हटाइएको छ। प्रतिनिधिसभाको सोमबारको बैठकमा महतोले सभामुख कृष्णबहादुर महरा र नेकपा अध्यक्ष पुष्पकमल दाहाललाई जोडेर विवादित अभिव्यक्ति दिएपछि नेकपाका सांसद खगराज अधिकारी र कृष्णभक्त पोखरेलले नियमापत्ति जनाउँदै रेकर्डबाट हटाउन माग गरेका थिए।

नेकपा सांसदको मागपछि सभामुख महराले महतोको विवादित अभिव्यक्ति संसदको रेकर्डबाट हटाउन निर्देशन दिएका थिए।

राजेन्द्र महतोको भनाइ र सभामुख महराको निर्देशन अडियोमा सुन्नुहोस:::

कमेन्ट गर्नुहोस्
Share: