पोखरामा ३ जनाको समुहले धारिलो हतियार प्रहार गर्दा १ घाइते

Share:

पोखरा। पोखरामा बुधवार धारिलो हतियार प्रयोगबाट एकजना घाइते भएका छन् ।पोखरा महानगरपालिका – ६ लेकसाइडमा ३ जनाको समुहले धारिलो हतियार प्रहार गर्दा पोखरा – १७ छोरेपाटन घर भई पोखराकै रानीपौवामा डेरा गरी बस्दै आएका १९ बर्षीय राजन अधिकारी घाइते भएको प्रहरीले जनाएको छ ।

पोखरा – १७ बिरौटा बस्ने २२ बर्षीय बिबेक थापा र बिन्ना भनिने बिजय गुरुङ लगाएत ३ जनाको समूहको प्रहारबाट अधिकारी घाइते भएको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रहरी नायव उपरीक्षक कृष्ण बहादुर कार्कीले जानकारी दिए ।

कार्कीका अनुसार घाइते अधिकारीको मेट्रो सिटी अस्पताल पोखरामा उपचार भैरहेको छ ।प्रहरीले घटनामा संलग्न भएको आरोपमा विवेक थापालाई नियन्त्रणमा लिएको छ । घटनामा संलग्न अन्य २ व्यक्तिहरुको खोजिकार्य जारीरहेको प्रहरीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
Share: