
पोखरा । आज विश्व आदिवासी दिवस । नेपालमा पनि विभिन्न कार्यक्रम गरी २५ औँ विश्व आदिवासी दिवस मनाईंदैछ । आदिवासी जनजातीसँग सम्बन्धित सम्पूर्ण संघ संघठनहरुको सहभागितामा काठमाडाैं सहित देशैभर विभिन्न कार्यक्रम गरी दिवस मनाउन लागिएको हो।
काठमाडौंमा बिहान साढे १० बजे भृकुटीमन्डपबाट ¥याली निकालिँदैछ । संयुक्त राष्ट्र संघले सन् १९९३लाई विश्व आदिवासी वर्षका रुपमा घोषित गरेपछि सोही वर्षदेखि प्रत्येक वर्ष अगस्त महिनाको ९ तारिखमा यो दिवस मनाउन थालिएको हो ।
कमेन्ट गर्नुहोस्
