प्रधानमन्त्री ओली स्वदेश फर्किने कार्यक्रम फेरि सर्यो

Share:

काठमाडौं । स्वास्थ्य परीक्षणका लागि सिंगापुरमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली स्वदेश फर्कने कार्यक्रम फेरि सरेको छ ।

यसअघि गत शुक्रबार नै प्रधानमन्त्री ओली स्वदेश आउने कार्यतालिका रहे पनि उपचार नसकिएका कारण आजसम्मका लागि स्थगित भएको थियो। तर ओलीको स्वदेश फिर्ता हुने तालिका आज पनि रद्द भएको छ। उनी अब भोलि सोमबार मात्रै स्वदेश फर्किने भएका छन् ।

स्वास्थ्य परीक्षणको रिपोर्ट आउन बाँकी रहेकोले ओली आज पनि स्वदेश नफर्किने भएका हुन्। आज आइतबार साँझसम्ममा रिपोर्ट आउने र भोलि फर्कने बताइए पनि फेरि सर्नसक्ने सम्भावना पनि रहेको प्रधानमन्त्री ओलीको निजी सचिवालयले जनाएको छ ।

प्रधानमन्त्री ओलीको सिङ्गापुरस्थित नेशनल युनिभर्सिटी हस्पिटलमा स्वास्थ्य परीक्षण भइरहेको छ । उनी नियमित स्वास्थ्य परीक्षणका लागि यही १८ साउनमा त्यसतर्फ गएका थिए ।

कमेन्ट गर्नुहोस्
Share: