‘कालीगण्डकी डाइभर्सनले नारायणीमा पानी जहाज चलाउने योजना प्रभावित हुन्छ’ (अडियो)

Share:

पोखरा । सत्तारुढ दल नेकपाका सांसद खगराज अधिकारीले कालीगण्डकीको डाइभर्सन गर्दा हुने नकारात्मक प्रभावबारे संसदमा प्रश्न उठाएका छन् ।

आइतबारको प्रतिनिधि सभा बैठकको शून्य समयमा उनले कालीगण्डकीको पानी डाइभर्सन गरी तिनाउँमा खसाल्ने काम हुँदा के–कस्ता प्रभाव पर्छन भन्ने कुराको बहस सुरु भएको बताए । कास्की क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद अधिकारीले भने, ‘केलादीघाट र देवघाटजस्ता पवित्र घाटहरु पानीबिनाका हुनेछन् । चापाकोट, रामपुरलगायतका टार सिँचाइ हुनबाट बच्नेछन् ।’

त्यस्तै सांसद अधिकारीले कालीगण्डकी डाइभर्सनले नारायणी नदीमा पानी जहाज चलाउने सरकारको योजनासमेत प्रभावित हुने भन्दै यस विषयमा गम्भीर हुन सरकारलाई आग्रह गरे ।

राम्दीबाट कालीगण्डकीलाई थुनेर तिनाउ नदीमा पानी खसाल्ने प्रयास अगाडि बढ्न थालेपछि यसको विरुद्धमा आवाज उठ्न थालेको छ ।

कालीगण्डकीको पानीलाई सिँचाइका नाममा अन्यत्र लैजाने योजना अगाडि बढ्न थालेपछि यसका विरुद्धमा तल्लो तटीय क्षेत्र प्रदेश नम्बर ५ र गण्डकी प्रदेशका सम्बन्धित क्षेत्रका नागरिक तथा जनप्रतिनिधिले विरोध जनाउँदै आएका छन् ।

यो पनि : पोखरा नाकाबन्दीको घेरामा पर्ने देखियो: सांसद अधिकारी (अडियो)

कमेन्ट गर्नुहोस्
Share: