क्रिकेट बलमा अब माइक्रोचिप राखिने

Share:

एजेन्सी । क्रिकेट बलमा अब माइक्रोचिप राखिने भएको छ । अष्ट्रेलियाको क्रिकेट बल निर्माण कम्पनि काकाबुराले बलमा माइक्रोचिप राखेर बल निर्माण गरिरहेको छ । उक्त बलको नाम ‘द स्मार्ट बल’ राखिएको छ ।

बलमा माइक्रोचिप प्रयोग गरिएपछि बलरले बल फाल्दा छुट्ने समयको गति, बल बाउन्स हुनुभन्दा अघिको गति र बाउन्स पछिको गति नाप्न मद्दत गर्छ । यसले लाइभ ब्रोड्कास्रट र समर्थकलाई थप रोमाञ्चक बनाउने विश्वास गरिएको छ ।

यसले जडित माइक्रोचिपले प्रशिक्षकलाई खेलाडीको कमजोरी सजिलै पता लगाउन सकिने बताइएको छ । साथै यसले थर्ड अम्पाएरको लागि डीआरएसको निर्णयलिन ठुलो मद्दत पुग्ने छ ।

 

कमेन्ट गर्नुहोस्
Share: