वाटुलेचौरमा हुने ऐतिहासिक तिज मेलामा श्रष्टा सम्मान

Share:

पोखरा । पोखराको वाटुलेचौरमा आयोजना हुने ऐतिहासिक तिज मेलामा विभिन्न क्षेत्रमा क्रियाशिल श्रष्टालाई सम्मान गरिने भएको छ ।

हिमालय क्लवको आयोजनामा आगामी भाद्र १३ गते देखि १६ गतेसम्म स्थानिय खेल मैदानमा हुने मेलामा भु.पु खेलाडी सम्मानवाट पुर्व भलिवल तथा ह्याण्डवल खेलाडी जीवन वस्नेत, लोक गायिका सम्मानवाट वसन्ती थापा मगर र कमला गैरे, क्रियाशिल सञ्चारकर्मि÷ पत्रकार महिला सम्मानवाट कविता श्रेष्ठ र सहयोगी संस्थाको रुपमा वाटुलेचौरको कालिका मन्दिर तथा कोत मामलियत व्यवस्थापन समितिलाई सम्मान गरिने श्रष्टा छनौट उपसमितिका संयोजक जीवनारायण श्रेष्ठजीवनले जानकारी दिएका छन् ।

उपसमितिले गरेको सिफारिषलाई मुल समितिले अनुमोदन गरेपछि सम्मानित श्रष्टाको नाम सार्वजनिक गरिएको हो । ५ दिनसम्म हुने मेलामा भाद्र ११ गते ह्याण्डवलका खेल शुर गरिने, १३ गतेदेखि दोस्रो हिमालय कप पुरुष भलिवलका खेल शुरु हुने र सोही दिन भु.पु खेलाडीलाई सम्मान गरिने र मेलाको औपचारिक उद्घाटन १५ गते युवा तथा खेलकुद मन्त्री जगत विश्वकर्माले गर्नुहुने क्लवका अध्यक्ष मोहन थापाले बताए । मेलामा अन्तर विद्यालय स्तरीय छात्र÷छात्रा ह्याण्डवल प्रतियोगिता, द्वितीय हिमालय कप खुला पुरुष भलिवल, अन्तर विद्यालय स्तरीय लोक नृत्य प्रतियोगिता, समुहगत तीज गीत तथा नृत्य प्रस्तुती, श्रष्टा, सहयोगी संस्था, क्रियाशिल सञ्चारकर्मि÷ पत्रकार महिला सम्मान,एकल महिला सहयोग वितरण लगायतका विविध सांस्कृतिक कार्यक्रम गरिने प्रचार संयोजक केशव वस्नेतले बताए ।

मेलाको ऐतिहासिक पक्षलाई संरक्षण गर्न तीजको पुरानो भाका हम्काईलोको समेत प्रस्तुती रहने वताईएको छ । मेला सम्पन्न गर्न २० लाख खर्च लाग्ने र मेलावाट करिव २५ लाख आम्दानी गर्ने अनुमान गरेको अर्थ संयोजक पुष्पराज तिमिल्सीनाले जानकारी दिए । मेलालाई व्यवस्थित र सफल बनाउन क्लवले राम जि.सीको संयोजकत्वमा ५६ सदस्यीय मुल व्यवस्थापन समिति, ४ सय ५२ सदस्यीय आयोजक समिति, ७६ सदस्यीय सल्लाहाकार समिति र विभिन्न ३१ वटा उपसमिति गठन गरी मेलाको तयारी शुरु गरिएको छ ।

कमेन्ट गर्नुहोस्
Share: