
पोखरा। पोखरामा प्याराग्लाईडिङ दुर्घटना भएको छ । पोखरा प्याराग्लाईडिङ कम्पनीको प्याराग्लाईडिङ ल्याण्ड गर्ने क्रममा दुर्घटना भएको हो । दुर्घटनामा परी चिनीयाँ नागरिक ६२ बर्षीय जेसनी यन्हु घाइते भएकी छन् ।
उनको पासपोर्ट नम्बर ६८५१०५६ हो । घाइते यन्हुको मेट्रोसिटि अस्पतालमा उपचार भइरहेको छ । यसअघि पनि पोखरामा पटकपटक प्याराग्लाईडिङ दुर्घटना हुँदै आएको छ ।
कमेन्ट गर्नुहोस्
