साहित्यकार दीक्षितको निधन

228
0
Share:

काठमाडौँ – वरिष्ठ साहित्यकार, पत्रकार तथा फोटोग्राफर मदनमणि दीक्षितको निधन भएको छ। विसं १९७९ फागुन ६ गते जन्मिएका मदनमणि दीक्षितको ९७ वर्षको उमेरमा निधन भएको हो । उनले माधवी कृतिका लागि विसं २०३९ मा मदनपुरस्कार प्राप्त गरेका थिए ।

दीक्षितको बिहीबार बिहान कालिकास्थान स्थित घरमै निधन भएको पारिवारिक स्रोतले जनाएको छ । उनको अन्त्यष्टि बिहीबार नै हुने जनाइएको छ ।

उनको निधनप्रति प्रधानमन्त्री केपी शर्मा ओलीले दुःख व्यक्त गरेका छन् । नेपाली वाङ्गमय क्षेत्रमा उनको योगदानको स्मरण सदा भइरहने प्रधानमन्त्री ओलीले उल्लेख गरेका छन् ।

कमेन्ट गर्नुहोस्
Share: