सर्वोच्चले आज एनसेल कर विवादमा निर्णय सुनाउने

169
0
Share:

काठमाडौँ – टेलिफोन सेवा प्रदायक कम्पनी एनसेलको पुँजीगत लाभकर सम्बन्धी विवादका सम्बन्धमा सर्वोच्च अदालतले बिहीबार निर्णय सुनाउँदैछ ।

जेठ २१ गतेदेखि बृहत पूर्ण इजलाशमा सुनुवाइ सुरु भएको लाभकर सम्बन्धी विवादको निर्णय साउन २१ गते सुनाउने भनिएको थियो । तर तयारी नपुगेकाले फेरि साउन ३० गतेका लागि निर्णय सुनाउने पेशी (निसु) तोकिएको सर्वोच्चले जनाएको थियो । सोही अनुसार बिहीबार निर्णय आउने अपेक्षा गरिएको छ ।

जेठ २१ गतेदेखि सुनुवाइ भए पनि सर्वोच्चको बृहत पूर्ण इजलासलाई ठूला करदाता कार्यालयले भने अनुसार ३९ अर्ब ६ करोड रुपैयाँ बुझाउन आदेश गर्ने कि एनसेल नै भने अनुसार १२ अर्ब ३४ करोड मात्र बुझाउन आदेश दिने भन्ने निर्णय गर्न सकस परेको थियो ।

ठूला करदाता कार्यालले निर्धारण गरेको बाँकी ३९ अर्ब ६ करोड कर अन्यापूर्ण भएको र आफूले जम्मा ३५ अर्ब ९१ करोड ३४ लाख २६ हजार ५ सय रुपैयाँ मात्र चुक्ता गर्ने भन्दै एनसेलले वैशाख ९ गते सर्वोच्चमा रिट दायर गरेको थियो।

कमेन्ट गर्नुहोस्
Share: