देउसी भैलो खेल्न सरकारद्वारा दुई घन्टा समय थप

216
0
Share:

काठमाडौं, कात्तिक ३ / संसाझै देउसी भैलो बन्द गर्ने सरकारी उर्दीको ब्यापक विरोध भएपछि गृहमन्त्रालय हच्किएको छ। साँझ ७ बजे देउसी भैलो बन्द गर्ने पुरानो सूचनालाई संसोधन गर्दै दुई घन्टा थप गरेको छ। देउसी भैलोका लागि समय तोक्ने सरकारी निर्णयको चौतर्फी आलोचना भएपछि गृह मन्त्रालयले केही बेरअघि विज्ञप्ति जारी गर्दै साँझ ९ बजेसम्म देउसी भैलो खेल्ने समय कायम गरेको छ।

विभिन्न क्षेत्रबाट देउसी भैलोको समय थपका लागि अनुरोध भई आएको उल्लेख गर्दै गृह मन्त्रालयका सहायक प्रवक्ता गंगाबहादुर क्षेत्रीले हस्ताक्षर गरेको विज्ञप्तिमा भनिएको छ, ुजिल्ला प्रशासन कार्यालयहरुबाट समेत थप समय तोकिएमा जिल्लाको सुरक्षा व्यवस्थालाई नियन्त्रणमा राख्न सकिने प्रतिक्रिया प्राप्त हुन आएकालेु समय थपिएको हो।

यसैबीच, सरकारले सुरक्षाको कारण भन्दै सांस्कृतिक पर्वमा पनि समय तोेकेकोमा जनस्तरबाट व्यापक गुनासो आएको छ । सामाजिक सञ्जाल फेसबुक ट्विटरमा शुशिल सरकार र विशेषतः गृहमन्त्री बामदेव गौतमको आलोचना गरिएको छ । सात बजेसम्म खेल्न पाउने विज्ञप्ती प्रकाशित गरेपछि निकै नै आलोचनापूर्ण धारणा सार्वजनिक भएको हो । दुई घण्टा बढाईएपनि रातभर खेल्नलाई अंकुश लगाईएको भन्दै गुनासो मत्थर भएको छैन । “प्रहरी प्रशासनको काम सुरक्षा दिने नै हो । देउसी भैलो खेल्नेहरु अराजक फैलाउने समूह होईन” भन्दै सांस्कृतिक पर्वलाई निरन्तरता दिन उत्साही गराउनुपर्नेमा राज्यले बन्देज लगाउन नहुने उनीहरुको भनाई छ ।

कमेन्ट गर्नुहोस्
Share: