
बुटवल– गुल्मीको सत्यवती गाउँपालिकाका पहिरो प्रभावितलाई अस्थायी आवासमा सारिने भएको छ।
पहिरो प्रभावित बस्दै आएका विद्यालयमा भदौ १ गतेदेखि पढाइ हुने भएकाले अस्थायी आवासमा राख्ने तयारी भइरहेको गुल्मीका प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले बताए। पीडितहरुको लागि अस्थायी आवास निर्माण सुरु गरिएको र शनिबारसम्म तयार गरी पीडितलाई सारिने प्रमुख जिल्ला अधिकारी पौडेलले बताए।
गत साउन ७ गते राति पहिरोले घर भत्किने र जोखिममा परेपछि ३ सय ७ घर परिवारका १२ सय ६० प्रभावित विद्यालयमा आश्रय लिएर बस्दै आइरहेका छन्।
कमेन्ट गर्नुहोस्
