श्रीमानले गरे श्रीमतीको हत्या

341
0
Share:

पर्सा । पर्साको कालिकामाई–५ मा धारिलो हतियार प्रहार गरी श्रीमान ले श्रीमतीको हत्या गरेको छ । सामान्य घरायसी झगडाका कारण स्थानीय ३५ वर्षीया संगीतादेवी कुर्मीको उनका श्रीमान मुक्ति नारायण राउत कुर्मीले हत्या गरेका हुन् ।

नारायणले आफ्नै घरमा दाउले श्रीमतीको घाँटीमा प्रहार गरी श्रीमतीको हत्या गरेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । घटना भएको वेला ३ जना छोराछोरी साथमै भएका कारण मनोविश्लेषक बोलाएर उनीहरुसँग पनि सोधपुछ गर्ने तयारी भैरहेको पनि प्रहरीले जनाएको छ ।

कुर्मीको शवलाई पोष्टमार्टमका लागि नारायणी अस्पताल, वीरगञ्ज पठाइएको प्रहरीले जनाएको छ । प्रहरीले घटनामा संलग्न भएको आरोपमा कुर्मीका श्रीमान नारायणको खोजी कार्यलाई तिव्र पारेको छ ।

कमेन्ट गर्नुहोस्
Share: