अवैध चाँदीसहित एक भारतीय पक्राउ

226
0
Share:

जनकपुरधाम : धनुषाको औरही गाउँपालिका २ देउरीबाट अवैध चाँदीसहित एक भारतीय नागरिकलाई सशस्त्र प्रहरीले शनिबार पक्राउ गरेको छ। भारतको मधुवनी प्रखण्ड जयनगर पञ्चायत २ भेलवा चोकका २८ वर्षीय बन्धुकुमार सिंहलाई करिव ११ लाख मूल्य बराबरको १५ किलो अवैध चाँदीसहित सशस्त्रले पक्राउ गरेको हो।

उनलाई सशस्त्र प्रहरी बल नेपाल नम्बर ८ गण धनुषाबाट खटेको टोलीले चेकजाँच गर्ने क्रममा पक्राउ गरेको सशस्त्र प्रहरीले जनाएको छ। ज८प ९२३५ नम्बरको मोटरसाइकलमा आइरहेका सिंहलाई चेकजाँच गर्ने क्रममा चाँदी बरामद भएपछि नियन्त्रणमा लिएको सशस्त्र प्रहरी उपरीक्षक राजेश उप्रेतीले जानकारी दिए।

बरामद गरिएको अवैध चाँदी, मोटरसाइकलसहित सिंहलाई आवश्यक कारवाहीका लागि जनकपुर भन्सार कार्यालयमा बुझाइएको उनले बताए।

कमेन्ट गर्नुहोस्
Share: