
गोरखा । गोरखामा श्रीमानले धारिलो हतियारले हानेर श्रीमतीको हत्या गरेका छन्। गोरखा नगरपालिका–९ लक्ष्मीबजारका २० वर्षीय याकुव परियारले धारिलो हतियार प्रहार गरी आफ्नी श्रीमती पूजा परियारको हत्या गरेका हुन् ।
शनिबार राति १० बजेतिर श्रीमती पूजा परियारमाथि खुर्पा प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ । परियार मानसिक रोगको औषधि सेवन गर्दै आएका थिए । उनले औषधि सेवन गर्न छोडेको एक महिना भएको र यसैबीचमा घटना भएको हुनसक्ने प्रहरीले जनाएको छ ।
मृतक पुजाको शव जिल्ला अस्पताल गोरखामा राखिएको छ भने श्रीमान याकुबलाई प्रहरीले नियन्त्रणमा लिई थप अनुसन्धान थालेको छ ।
कमेन्ट गर्नुहोस्
