
एजेन्सी । स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिडले विजयी सुरुवात गरेको छ । शनिबार राति भएको सिजनको पहिलो खेलमा सेल्टा भिगोलाई ३-१ गोल अन्तरले पराजित गर्दै रियलले सुखद सुरुवात गरेको हो ।
सेल्टाको मैदानमा १० खेलाडी सिमित भएपनि रियलले उत्कृष्ट जित निकाल्यो । रियलको जितमा करिम बेन्जिमा, टोनि क्रुस र लुकास भास्क्वेजले एक एक गोल गरे । सेल्टाको इकर लोसडाले एक गोल फर्काए ।
जितसँगै रियलले ३ अंकबाट सिजनको सुरुवात गरेको छ । सेल्टाले भने हारबाट नयाँ सिजनको सुरुवात गरेको छ ।
कमेन्ट गर्नुहोस्
