पुडासैनी मृत्यु प्रकरण : पुडासैनीले डोरी किनेको पसल भेटियो

Share:

काठमाडौं । शालिकराम पुडासैनीले आत्महत्या गर्नुअघि डोरी किनेको पसल भेटिएको छ । साउन २० गते नारायणगढ बसपार्कको होटल कंगारुमा झुण्डिएको अवस्थामा मृत फेला परेका पुडासैनीले नारायणगढ बसपार्कमा रहेको एक होलसेल पसलबाट डोरी किनेको पाइएको छ ।

चितवन प्रहरीका अनुसार होलसेल पसल नजिकै रहेको एक पसलको सीसीटीभी फुटेज हेर्दा पुडासैनीले ५ मिटर डोरी किनेर लगेका छन् । सीसीटीभीको ‘हार्डडिस्क’ लिएर परीक्षणको लागि प्रहरी हेडक्वार्टर पठाएको छ । पुडासैनीको मृत्युका बारेमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ  ।

अनुसन्धानका लागि पत्रकार पुडासैनीको मोबाइलमा रहेको भिडियोका आधारमा टेलिभिजन प्रस्तोता रवि लामिछाने, युवराज कँडेल र अस्मिता कार्कीलाई काठमाडौंबाट पक्राउ गरि चितवन लगेकाे छ ।

कमेन्ट गर्नुहोस्
Share: