प्रहरी र रवि समर्थकबीच आज पनि झडप

Share:

काठमाडौँ – चितवनमा टेलिभिजन प्रस्तोता रवि लामिछानेका समर्थक र प्रहरीबीच झडप भएको छ । जिल्ला प्रहरी कार्यालय अगाडि प्रदर्शनमा उत्रेका रवि समर्थक र प्रहरीबीच झडप भएको हो ।

प्रदर्शनमा संलग्न केहीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । चितवनका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले जिल्ला प्रहरी कार्यालय अगाडि हुलहुज्जतको प्रयास भएपछि केहीलाई प्रहरीले नियन्त्रणमा लिएको बताए ।

पत्रकार शालिकराम पुडासैनी मृत्यु प्रकरणमा छानबिनका लागि पक्राउ परेका टेलिभिजन प्रस्तोता रवि लामिछानेको निसर्त रिहाईको माग राख्दै उनका समर्थकहरुले चितवनमा दिनहुँ प्रदर्शन गरिरहेका छन् ।

कमेन्ट गर्नुहोस्
Share: