नेपाल किर्गिस्तानसँग पराजित

Share:

काठमाडौं । एसियन भलिबल कन्फेडेरेसन (एभिसी) सेन्ट्रल जोन सिनियर पुरुष भलिबल प्रतियोगिताको पहिलो खेलमा नेपाल पराजित भएको छ । सोमबार भएको पहिलो खेलमा नेपाल किर्गिस्तानसँग ३-० को सोझो सेटमा पराजित भएको हो ।

लगनखेलस्थित त्रिभुवन आर्मी क्लबको शारीरिक तालिम तथा प्रशिक्षण केन्द्रको कभर्डहलमा नेपाललाई किर्गिस्तानले २५-२३, २५-२२ र २५-२२ को सेटमा पराजित गर्यो ।

जितसँगै समूह ‘ए’ को किर्गिस्तानले २ अंक जोडेको छ । र, किर्गिस्तानले सेमिफाइनलमा पुग्ने सम्भावना बलियो बनाएको छ । किर्गिस्तानले अब मंगलबार माल्दिभ्ससँग खेल्नेछ । हारसँगै नेपाललाई सेमिफाइनलमा पुग्न अन्तिम खेल जित्नै पर्ने भएको छ । अब नेपालले बुधबार माल्दिभ्ससँग खेल्नेछ ।

कमेन्ट गर्नुहोस्
Share: